बेनीमा राँके जुलुस
- २७ कार्तिक २०७६, बुधबार
- 2269 पटक पढिएको
बेनी २७ कात्तिक । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म समेटेर भारतले नयाँ नक्सामा समायोजन गरेको विरोधमा नेपाली काँग्रेसेको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) र तरुण दलले बेनीमा राँके जुलुस गरेको छ ।
भारतद्धारा अतिक्रमित भूमी फिर्ता माग गर्दै नेबि संघ र तरुण दलले सरकारलाई कुटनितिक पहल गर्न दबाद दिदै साँझ राँके जुलुस निकालेको हो ।
सिमा मिचिएको बिरोधमा बेनीबजारका विभिन्न स्थानबाट योजनाबद्ध तरिकाले विद्यार्थी र तरुण दलले जुलुस निकालेर संगमचोकमा कोण सभा गरि समापन गरेका थिए ।