एउटै बोकाको मुल्य ३ लाख ? (फाेटाे कथा)
- २५ कार्तिक २०७६, सोमबार
- 5532 पटक पढिएको
म्याग्दी, २५ कत्तिक । एउटै बोकाको मुल्य करिब ३ लाख परेको सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका एक कृषकले एउटै बोकालाई रु २ लाख ९० हजारमा विक्रि गर्नुभएको छ । बेनी नगरपालिका–९ तोरीपानीमा विगत ६ बर्षदेखि व्यवसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका कृषक आनन्द रिजालले शुद्ध बोयर बोका एउटैलाई सो मुल्यमा विक्रि गरेको बताउनुभयो ।
रिजालले सञ्चालन गर्नुभएको धवलागिरी बोयर मोडल फार्मबाट स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको बोयर बोका खरिद गर्नुभएको हो । पौडेलले शुद्ध बोयर भएकाले आफुले करिब ३ लाख खर्चिएर बोका खरिद गरेको बताउनुभयो । रिजालको फार्ममा अहिले ७ वटा शुद्ध बोयर र २५ वटा क्रस बोयर जातका बाख्रा रहेका छन् ।
स्थानीय जातका बाख्रामा नश्ल सुधारको लागि रिजालले अष्टे«लियाबाट उत्नत जातको बाख्रा आयात गरि ल्याउनुभएको थियो । विगत ५ बर्षदेखि व्यवासायिक बा्रखापालन गर्दै आउनुभएका कृषक रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरि उन्नत बाख्रा उत्पादन गर्न थाल्नुभएको हो ।। नश्ल सुधार गरि बोयर बाख्रा उत्पादन गरि प्रतिगोटा रु १ लाख देखि २ लाख सम्ममा पाठापाठी र बोका विक्रि गर्दै आएको कृषक रिजालले बताउनुभयो ।
उहाँले अहिले बोयर बोका र पाठीको माग अत्यधिक रहेको र माग पु¥याउन कठिन भएको जानकारी दिनुभयो । थोरै समयमा धेरै तौल बढ्ने बोयर जातको बाख्रा पालनमा कृषकहरु आकर्षित भएका छन् । छिटो तौल बढ्ने, मासु लाभदायी हुने र आम्दानी राम्रो हुने भएपछि पछिल्लो समय कृषकहरु बोयर बाख्रापालन तर्फ आकर्षित भएका हुन् ।
सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोबढीको हुने गर्छ । कृषकहरुले एउटै बोकालाई ८० किलो भन्दा बढी तौल सम्म बनाएर विक्रि गर्दै आएका छन् । सन १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रा छिटो शारीरीक वृद्धी, तौल उच्च, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी भएको र स्थानीय हावापानी अनुकुल भएकाले नेपालमा ब्यवसायीक कृषकहरुको बोयर जातका बाख्रा पालन तर्फ आकर्षण बढेको पाईएको छ ।