बेनपा–६ का युवाहरु संगठित
- १७ कार्तिक २०७६, आईतवार
- 1804 पटक पढिएको
म्याग्दी १७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–६ का युवाहरु सामाजिक कार्यको लागि युवा क्लब गठनको लागि संगठित भएका छन् । शनिवार भएको एक भेलाले नारायण प्रसाद पौडेलको अध्यक्षतामा युवाहरुको समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा रामचन्द्र पौडेल, सचिब जिवन प्रसाद पौडेल, सहसचिबमा मनोज बानियाँ, कोषाध्यक्षमा कान्ति पौडेल र सहकोषाध्यक्षमा नविन पौडेल रहेका छन् । समितिको सदस्यहरुमा केदार पौडेल, मनिस पौडेल, अस्मी केसी, अशोक पौडेल, मनिष नेपाली, दिपेश बानियाँ, पुजन केसी, सागर पौडेल, कमल पौडेल रहेका छन् ।
अर्थुङ्गे, एकपाटे, बास्बोट लगायतका क्षेत्रका युवाहरुको सहभागितामा गठन गरिएको समितिले वडाभित्र रहेका अन्य क्लबहरुसंग समेत सहकार्य गर्ने जनाएको छ ।