देउसी भैलोको समय ९ बजेसम्म ?

  • ८ कार्तिक २०७६, शुक्रबार
  • 3014 पटक पढिएको

म्याग्दी, ७ कात्तिक । देउसी भैलो खेल्नका लागि म्याग्दीमा रातको ९ बजेसम्म्म समय सिमा तोकिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले तिहारलाई ब्यवस्थित रुपमा मनाउनका लागि ९ बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेका हुन् ।


सास्कृतिक महत्व बोकेको तिहार पर्वमा देउसीभैलोसंगै मनोरञ्जनात्मक कार्यक्रमहरु बेलुकी रातको ९ बजेसम्म गर्न संघसंस्था, क्लव र जिल्लाबासीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
दिपावली मनाउने क्रममा पटाका, जस्ता विप्फोटकजस्ता पदार्थ ओसारपसार र विक्रिवितरण नगर्न प्रशासन आग्रह गरेको छ । साथै दिपावलीको अवसरमा बजारमा उपभोग्य बस्तुको कृत्रिम अभाव सिर्जना गर्ने, मदिरा अवैध रुपमा विक्रि वितरण गर्नेलाई कानुबमोजिम कारबाही समेत हुने प्रशासनले चेतावनी दिएको छ।
प्रशासन र प्रहरीले सदरमुकामसहित स्थानीय तहसंग समन्वय गरेर गाउँगाउमा चार्डपर्वको अवसरमा अवराधिक गतिविधि हुन नदिन विशेष निगरानी बढाएको छ ।