नेपाली काग्रेस म्याग्दीको जागरण अभियान सकियो

  • ७ आश्विन २०७६, मंगलवार
  • 1621 पटक पढिएको

म्याग्दी, ७ असोज । नेपाली कांग्रेस म्याग्दीको दोस्रो चरणको हिमाल, पहाड र तराई जनजागरण अभियान सकिएको छ । मंगलबार बेनीमा विविध विरोध तथा सभा कार्यक्रम गदै जागरण अभियान सकिएको हो ।
समापन कार्यक्रममा बोल्दै पूर्व साँसद गोबिन्द कंडेलले काँगे्रसको जागरण अभियानले काँग्रेसको कार्यकर्तामा उत्साह थपिएको बताए । उनले वर्तमान सरकारले चुनावको समयमा जनताँमाझ गरेका वाचालाई भुलेर अधिनायकबाद तर्फ उन्मुख हुन खोजको, दुई तिहाईको दम्ब देखाउदै आफ्ना कार्यकर्ता भर्ती गर्दै हिडेको आरोप लगाएका छन् ।


सरकारले अहिले सम्म जनताको लागी कुनैपनी काम गर्न नसको भन्दै कंडेलले जनताले सरकारको बिकल्प बारे सोच्न थालेको बताए । उनले उखान टुक्काले देश विकास नहुने भन्दै प्रधानमन्त्रीेलाई उखान टुक्का भन्दा देश विकास गरेर जनतामा खुशी ल्याउने काम तिर लाग्न आग्रह समेत गरेका छन् । त्यस्तै पूर्व साँसद निरज पुनले सरकारको काम गराईको तरिकाले अहिलेको सरकार धेरै माथी नजाने बताउनुभएको छ । सरकारले नीतिनियम बनाउने लागु गर्ने र समृद्ध देश बनाउने काम गर्नुपर्ने भन्दै अहिलको सरकारले आफ्ना कार्यकर्ता पाल्न तिर लागेको आरोप लगाए ।


बेनी नगरपालिका प्रमुख तथा जिल्ला कार्यसमितिका सचिव हरि कुमार श्रेष्ठले सरकार आफ्नो असफल कार्य ढाक छोप गर्नका लागि प्रतिपक्षलाई आरोप लगाएर जिम्मेवारीबाट पन्छिन खोजेको बताए । कार्यक्रममा प्रवक्ता अजय मिलन क्षेष्ठ, सहसचिव भरत बहादुर रकाल, प्रदेश निर्वाचन क्षेत्र न (ख)का अध्यक्ष कमल छन्त्याल, जिल्ला सदस्य मन कुमारी बिक, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश सदस्य बम बहादुर पुन, बेनी नगर सभापती अनोद क्षेष्ठ, नेबिसंघका नेता निर्मल खत्रीले मन्तव्य राखेका थिए । जिल्ला सभापती खम बहादुर गर्बुजा खम्बीरको सभा अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा उपसभापती माधव रेग्मीको स्वागत र सचिव क्या मिन बहादुर काकीको संचालनमा सम्पन्न भएको थियो ।