उडुस मार्ने बिषादी खाँदा बालकको ज्यान गयो

  • ७ आश्विन २०७६, मंगलवार
  • 2884 पटक पढिएको

 

बेनी ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवामा झुक्किएर उडुस मार्ने बिषादी सेवन गर्दा एक बालकको ज्यान गएको छ । दूध जस्तै सेतो देखेपछि उडुस मार्ने “सेल्फोस” नामको बिषादी पिएका मानबहादुर बिकका ३ वर्षीय छोरा सन्दिपको पोखरामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार दिउँसो बिषादी सेवन गरेपछि बिरामी परेका बालकको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा राती मृत्यु भएको प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले बताए ।