गलेश्वर–पिप्ले–भगवती सडकमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग
- ६ आश्विन २०७६, सोमबार
- धिरन खत्री
- 2417 पटक पढिएको
म्याग्दी, ६ असोज । रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती सडकमा गुणस्तहिन सामाग्री प्रयोग गरिएको छ । २०७८ जेठमा सम्पन्न गर्ने लक्षसहित स्तरोन्नति र कालोपत्रे कामलाई तिव्रता दिएको आयोजनामा पिप्ले अन्तरगत पर्खाल निर्माणमा गुणस्तरहिन मसाला प्रयोग गरिएको पाइएको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना सञ्चालन योजनामा आठ किलोमिटर दुरीको सडक स्तरोन्नतिका लागि एपेक्स–खड्का कृष्ण जे.भी काठमाडौले भ्याट सहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का लिएर काम गरिरहेको छ ।नेकपा रघुगंगा गाउँपालिका कमिटि अध्यक्ष एवम् स्थानीय दिपक कार्कीले स्थलगत पिप्ले अन्तरगत पर्खाल निर्माणमा प्रयोग गरिएको मसला गुणस्तरहिन भएको बताउदै पुर्वाधार कार्यालका ईन्जिनियरलाइ मसाला लिएर देखाएको थिए ।रघुंगगा माध्यमिक विद्यालय मुनी सडकको पर्खाल निर्माणमा सो मसला प्रयोग गरिएको थियो ।
पुर्वाधार कार्यालय म्याग्दीका सिनियर डिभिजन इन्जिनियर ओमराज ढुङ्गनाले मसला हेर्दै देखिएको कमजोरीलाई स्थलगत अनुगमन गरेर गुणस्तर काम नभए कारबाही गर्ने बताएका छन् । निर्माण कम्पनीले पहिलो चरणमा सडक फराकीलो बनाउने, घुम्ती तथा मोड र ग्रेड सुधारको काम सुरु गरेको छ । हाल कच्चि, उकालो, ग्रेड र मोड नमिलेको यस सडक आयोजना मार्फत ८ मिटर फराकिलो बनाउने र ५.५ मिटर कालोपत्रे गरिने भएको ढुङ्गानाले बताए ।
इन्जिनियरले आयोजनामा सडक फराकिलो बनाउने, ग्यावियन जाली, ढुङ्गाको पर्खाल लगाउने र नाली बनाउनेमा गुणस्तर काम नभए कारबाही गर्ने चेतावनी समेत दिएको जानकारी दिए ।गण्डकी प्रदेशका सांसद बिनोद केसीले स्थलगत अवलोकन गरेर भएको कमजोरीप्रति सचेत गराउदै गुणस्तर सडक निर्माणमा पहल गर्ने बताए । सांसद केसीले निर्माण कार्य भएको सडकको काम गुणस्तर बनाउन स्थानीयको भुमिका महत्वपुर्ण हुने बताउदै स्थानीय सचेत हुन आग्रह गरेका छन् ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l