रुममा कुटपिटबाट लघुवित्तका कर्मचारी घाइते

  • २० भाद्र २०७६, शुक्रबार
  • 3640 पटक पढिएको

बेनी २० भदौ । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बिहीबार अज्ञात समूहको कुटपिटबाट लघुवित्त संस्थाकी कर्मचारी घाइते भएकी छिन् । घाइते भएकी नेष्डो नेपाल लघुवित्त कम्पनीको दरवाङ शाखाकी कर्मचारी शुष्मा क्षेत्रीलाई हेलीकप्टरबाट पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार रुममा बचत उठाएर दरवाङ फर्कने क्रममा क्षेत्रीलाई बेली जाने चोकमा दुई जना अपरिचित पुरुषहरुले कुटपिट गरेका थिए । घाँटी र टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेकी क्षेत्रीको रुम स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि एयर डाइनेष्टिको हेलीकप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

घाइतेको अवस्था खतरामुक्त भएको उपचारमा संलग्न चिकित्सकले बताएका प्रहरी निरिक्षक ध्रुब शर्माले बताउनुभयो । दरवाङबाट प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ । कुटपिटको कारण खुल्न सकेको छैन् । घटनाको अनुसन्धान र संलग्नको खोजी भइरहेको प्रहरी निरिक्षक शर्माले बताउनुभयो ।