नागीमा भेटिएकी बेवारिसे महिलाको आफन्तको खोजी

  • १६ भाद्र २०७६, सोमबार
  • 1381 पटक पढिएको

बेनी, १६ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा एक बेवारिसे महिला भेटिएकी छिन् ।
जलजला गाउँपालिकाको फलामेडाँडा हुदै आइतबार नागी पुगेकी अन्दाजी ३०–३५ वर्षकी ति महिलालाई स्थानीयबासीले आश्रय दिएका छन् । परिचय, नाम, ठेगाना बताउन नसक्ने, मानसिक अवस्था ठिक नभएकी महिलाको बारेमा प्रहरीलाई जानकारी गराएको र आफन्तको खोजी गरिएको स्थानीय हिमाञ्चल माविका प्रअ रमन पुनले जानकारी दिनुभयो ।

रातो स्व्टिर, हरियो सुरुवाल लगायकी आर्यन मूलकी ति महिलाको अनुहार गहुँगोरो छ । उनको साथमा हरियो जेब्रा र हातमा कालो रंगको काम नगर्ने मोवाईल सेट पनि छ । सोधपुछ गर्ने क्रममा उनले आफ्नो घर काउलेगौडा र रुकुमकोट बताउने गरेकी पुनले जानकारी दिनुभयो ।