विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ सहयोग

  • १५ भाद्र २०७६, आईतवार
  • 2141 पटक पढिएको

सिजन रोका
बाबियाचौर, १५ भदौ । मंगला गाउँपालिका–५ किमचौरमा रहेको बिष्णु राष्ट्रिय आधारभूत विद्यालयलाई दुई लाख साठी हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । मंगला–५ पिपलबोटका बिरेन्द्र बुढाथोकीले दुई लाख, मंगला–३ पखेर घर भई हाल बेलायत बस्नुहुने हर्कराज रोकाले पचास हजार ५५ र मंगला–४ थर्पु घर भई हाल बेलायत बस्नुहुने धनकुमारी छन्त्याल रोकाले दश हजार सहयोग गर्नुभएको हो ।

वि.स २०१७ मा भुपु जिल्ला सभापति रामबहादुर बुढाथोकीको पहलमा स्थापना भएको यो विद्यालयमा कक्षा ८ सम्मको पठनपाठन सञ्चालन गरिएको प्रअ गुप्तबहादुर रोकाले बताउनुभयो । सहयोगदाता बिरेन्द्र रामबहादुरका छोरा हुनुहुन्छ । ९० जना विद्यार्थी रहेको यो विद्यालयमा १–५ तहको मात्र दरबन्दि छ । ६ देखि ८ सम्मको कक्षा सञ्चालनका लागि तीन जना निजी स्रोतका शिक्षक राखिएको छ । निमावीमा १ जना राहत, प्रावि स्थाई १, प्रावि राहत २ जना र एक जना करार शिक्षक छन् ।

तीन जना शिक्षकको तलबभत्ता चन्दा, देउसीभैलो खेलेर जुटाउने गरिएको व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र फगामीले बताउनुभयो । प्राप्त सहयोग रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा परिचालन गरिने विद्यालयले जनाएको छ ।

२०७५ को गाउँपालिका स्तरीय परिक्षामा उत्कृष्ट नतिजा ल्याएको विद्यालयका शिक्षक डिवी घर्तीले बताउनुभयो । दरबन्दि अनुसार शिक्षकको व्यवस्था भएमा सिकाई उपलब्धि र गुणस्तर सुधार गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।