प्रगतिशिल सहकारीको साधारणसभा सम्पन्न

  • १५ भाद्र २०७६, आईतवार
  • 2500 पटक पढिएको

बेनी, १५ भदौ । मंगला गाउँपालिका– कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाले गत आर्थिक वर्ष २०७५/७६ मा चार करोड ४४ लाख बीस हजार ४९२ रुपैयाँ बराबरको कारोबार गरेर साधारणसभामा जानकारी गराइएको थियो । संस्थाका कोषाध्यक्ष बिष्णुमाया पुनले दुई करोड ७३ लाख ४३ हजार रुपैयाँ बचत र तीन करोड ५७ लाख २६ हजार २०० रुपैयाँ कर्जा लगानी भएको जानकारी दिनुभयो ।

८३४ जना सदस्यको ८० लाख ८८ हजार ४०० रुपैयाँ शेयर लगानी रहेको सहकारीले गत वर्ष ६२ लाख ५७ हजार ७७६ रुपैयाँ आम्दानी र २९ लाख ४७ हजार ३०० रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । सहकारीबाट महिलाहरुलाई बचत र ऋण तथा आर्थिक कारोबारमा सहज भएको छ । कार्यक्रममा मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले महिलाहरु आयआर्जन मुलक उद्यम व्यवसाय गरेर आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष डेगबहादुर राम्जालीले ग्रामिण क्षेत्रमा आर्थिक कारोबारमा सहज र बचत गर्ने बानिको विकास गराउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

संस्थाका अध्यक्ष पूर्णमाया पुनको अध्यक्षता, सचिव मुक्तिमाया पुनको सञ्चालन र उपाध्यक्ष देवी रोकाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा संस्थाका प्रबन्धक अनिता रोका र लेखापाल मिलन पुनलाई उत्कृष्ट कर्मचारीको रुप्मा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बढी सेयर खरिद गर्ने युमाया रोका, गौमती रोका, भविसरा रोका, शुशिला राम्जाली, प्रेममाया राम्जाली, लिलकुमारी रोका राम्जाली, पवित्राकुमारी खत्री क्षेत्री, बिष्णुमाया रोका, सुष्मा रोका राम्जालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा दिपशिखा माविका सहायक प्रअ हरिकृष्ण भट्टराई, क्षेत्री महिला समाज म्याग्दीका अध्यक्ष कमला खत्री क्षेत्री, लेखा तथा सुपरिवेक्षण समितिका सदस्य यामकुमारी आचार्य घर्ती र सेयर सदस्इ तसकुमारी रोका पाइजाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।