बालबिवाह न्युनिकरण सम्बन्धी अन्तरक्रिया

  • १५ भाद्र २०७६, आईतवार
  • 1629 पटक पढिएको

 

बेनी, १५ भदौ । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार बालबिवाह न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पलान इन्टरनेशनलको आर्थिक सहयोग र अन्तर धार्मिक सञ्जाल म्याग्दीको आयोजना तथा सिविन नेपालको संयोजनमा कार्यक्रम भएको थियो । कार्यक्रममा बालबिवाहको कारण, असर र न्युनीकरणका उपायको विषयमा अन्तरक्रिया गरिएको थियो ।

सहभागीहरुले कतिपय परम्परागत गलत संस्कारका कारण बालबिवाह हुने गरेकाले अब त्यस्तो अवस्था आउन दिन नहुने बिचार व्यक्त गरेका थिए । कार्यक्रममा गलेश्वर स्थित गण्डकी शालग्राम बेदविद्याश्रमका शिक्षक, विद्यार्थी र गलेश्वरका अगुवाहरुको उपस्थिति थियो ।

अन्तर धार्मिक सञ्जालका सचिव लोकनाथ भुषाल, सिविनका बसन्त ढुङ्गाना र म्याग्दी जेसीजका कार्यकारी उपाध्यक्ष सुजन बरुवालले बालबिवाह न्युनीकरणका विषयमा सहजिकरण गर्नुभएको थियो ।