करेन्ट लागेर मजदुरको मृत्यु
- ४ भाद्र २०७६, बुधबार
- 1737 पटक पढिएको
बेनी ४ भदौ । जलजला गाउँपालिका–३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ । केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका–३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको छ ।
चौकीका प्रहरी सहायक निरिक्षक धु्रबबहादुर बोहोराले घर निर्माणका क्रममा फलामको पोल ठडाउने क्रममा हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको बताउनुभयो ।
घटनास्थलबाट बेनी अस्पताल पु¥याउँदा सुनारलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकलाई बेनी अस्प्तालको शवगृहमा राखिएको छ ।