मोना बेल्जियमद्धारा संकलित रकम १३ लाख २२ हजार शान्ति कोषलाई हस्तान्तरण

  • ३ भाद्र २०७६, मंगलवार
  • धिरन खत्री
  • 1901 पटक पढिएको

 

म्याग्दी, ३ भदौँ । विपन्न म्याग्देलीको उपचारमा सघाउन स्थापीत परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई मोना बेल्जियमद्धारा १३ लाख २२ हजार २०९ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । रोजगारको शिलशिलामा बेल्जियममा रहेका मोनामा आवद्ध म्याग्देलीहरुको संगठित संस्था मोना बेल्जियमबाट संकलित रकम हस्तान्तरण गरिएको हो ।


म्याग्दी प्रवाशी संघ मोना बेल्जियमका महासचिव तथा कोषका संरक्षक प्रदिप थापा ( सुमन) द्धारा ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई संकलित रकम हस्तान्तरण गरेका हुन् ।
महासचिव थापाले शान्तिकोषलाई दुईलाख दिदै संरक्षक सदस्यपनि बनेका थिए । उनले विरामीहरुको उपचार लागि आर्थिक संकलन अभियान र अक्षकोषको रकमलाई पारदर्शि रुपमा अघि बढाउन आग्रह गरेका थिए । साथै कोषका अध्यक्ष शाक्यले यही महिनाको १४ हुने साधारणसभा तथा अधिबेशनमा कोषका सदस्य लगायतका शुभचिन्तकहरुलाई उपस्थितका लागि अनुरोध गरेका थिए ।


सोही कार्यक्तमको अवसरमा बेनी नगरपालिका – ५ भिरमुनीका दुवै मृगौला फेल भएका पीडित डेकनाथ शर्मा र बेनी नगरपालिका– ५ पुलाचौरकी निसा सुवेदीको उपचारका लागि कोषले २५ हजारको दरले उपचारका लागि विरामीका आफन्तलाई सहयोग हस्तान्तरण गरेको थियो ।


कोषले हालसम्म विरामीहरुको उपचारका लागि २ लाख १८ लाख आर्थिक संकलन गरि उपचारमा सहयोग गरेको छ । भने डेढ करोडको अक्षकोषको लक्षसहित संकलन अभियानलाई अघि बढाएको कोषले हालसम्म ८१ लाख संकलन गरिएको सचिव लोकेश पुनमगरले जानकारी दिए ।


आर्थिक अभावका कारण औषधी उपचारबाट बञ्चित १ सय भन्दा बढी म्याग्देलीहरुको उपचारका लागि आर्थिक संकलन गर्दै सहयोग हस्तान्तरण गरेको छ । हाइपो पलास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा चार वर्षअघि कोष स्थापना भएको थियो ।
मुटु, मृगौला, क्यान्सर, लगायत जटिल रोगबाट थलिएका म्याग्देलीहरुको उपचारका लागि सघाउन डेढ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यसहित संकलन अभियानलाई तिव्रता दिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l