प्रथम जिल्ला परिषदबाट ‘एक सय एक सदस्यीय’ गठन

  • २५ श्रावण २०७६, शनिबार
  • 1836 पटक पढिएको

म्याग्दी, २५ साउन । एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति म्याग्दीको शनिबार प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । परिषदबाट होमनाथ पाण्डेको संयोजकमा १ सय १ सदस्यीय जिल्ला परिषद गठन भएको छ ।


जिल्ला समन्वय समितिका अध्यक्ष होमनाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्तममा नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन गण्डकी प्रदेशका अध्यक्ष सोमनाथ ढुङ्गना र शिक्षकहरुको उपस्थितमा सम्पन्न भएको थियो ।
शिक्षक पेशामा आवद्ध शिक्षकहरुको उपस्थितमा भएको परिषदबाट संगठनको सदस्य नविकरण तथा वितरण, शिक्षकलाई आईसिटि प्रविधि सम्वन्धी तालिम दिएर प्रविधिमैत्री पठनपाठन गराउने निर्णय गरेको अध्यक्ष पाण्डेले जानकारी दिएका छन् ।कार्यक्रमको संचालन सचिव गोविन्द शर्माले गरेका थिए ।