नेपथ्य आइपुग्यो दोहामा (भिडियाे सहित)

  • २५ श्रावण २०७६, शनिबार
  • 2914 पटक पढिएको

तिलु शर्मा पौडेल

दोहा, कतार ।  नेपाली चर्चित लोक पप ब्यान्ड नेपथ्य लाइभ कन्सर्टको लागी कतार आइपुगेको छ । शान्तिका लागि म्युजिक भन्ने नारा दिईएको उक्त कार्यक्रमको तयारी पनी अन्तिम चरणमा पुगेको छ । लेवल एफ एन एड्भटाइजिङ्ग एन्ड इभेनट्सको आयोजना, कास्की आदर्स सेवा समाज कतार र रामनगर ठिमुरा सेवा समाजको सह-आयोजनामा बकर इदको दोस्रो दिन सोमबार हुने कार्यक्रममा ब्यान्डका प्रमुख अमृत गुरुङ सहित दस जनाको टोली आइपुगेको हो ।

ईस्लामिक धर्मालम्बिहरुको बकर ईदको सार्वजनिक बिदाको अवसरमा उक्त कार्यक्रम आयोजना हुदै छ । यस्ले कतार बासी नेपाली समेत उत्साहित छन् । कार्यक्रम सनैया ग्रान्ड मल संगैको एसियन टाउन एम्पिथिएटरमा हुने छ । आयोजकले कतारका विभिन्न शहर संगै नेपाली हरुको बाक्लो बस्ति रहेको क्याम्पम पुगेर प्रचारप्रसार लाई तिब्रता दिइरहेको छ ।

दुई दशक भन्दा बढी समय देखी निरन्तर गायन संगै सामाजिक कार्यमा चर्चित ब्यान्ड कतारमा आउनु आफैमा ठूलो कुरा रहेको भन्दै कार्यक्रम सफल पार्न कतारबासी सम्पूर्ण नेपालीलाई आयोजकले आग्रह गरेको छ ।

कार्यक्रममा सहभागी हुन चाहनेले कतारमा रहेका विभिन्न नेपाली रेस्टुरेन्ट तथा ग्रेन्ड मल संगै कार्यक्रम हुने स्थल बाहिर राखिएको स्टल बाट समेत टिकट खरिद गर्न सकिने आयोजकले जनाएको छ । नेपथ्यको यो दोस्रो कतार कन्सर्ट हो ।