सिवाईजिद्धारा दृष्टिविहिन विद्यार्थीहरुलाई झोला र स्टेशनरी वितरण (तस्विर सहित)

  • २४ श्रावण २०७६, शुक्रबार
  • 2042 पटक पढिएको

म्याग्दी २४ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको दृष्टिविहिन स्रोत कक्षाका दृष्टिविहिन विद्यार्थीहरुलाई क्रियसन युथ ग्रुप (सिवाईजि) पिप्लेले झोला र स्टेशनरी सामाग्री सहयोग गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका १० जना बालबालिका र विद्यालयका अन्य ५ जना जेहेन्दार विद्यार्थीहरुलाई सो सामाग्री सहयोग गरिएको सिवाईजी पिप्लेले जनाएको छ ।


“समृद्ध समाजको पहिचान हाम्रो अभियान’’ भन्ने मूल नारा लिएर स्थापना भएको सिवाईसीले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । ज्ञानोदय माविमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक अमृत कार्की , संस्थापक सचिव सुदर्शन शर्मा , सक्रिय सदस्यहरु चुन बहादुर शाही , अम्बिक शर्मा , सूर्य कार्की लगायतले विद्यालयका विद्यार्थीहरुलाई सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो।

जेहन्दार विद्यार्थीलाई झोला थ्रिडि सु मार्ट बेनीका सञ्चालक भगवान शर्माले सौजन्य गर्नुभएको थियो । विद्यालयका प्रअ पर्शुराम गौडेलको अध्यक्षता, शिक्षक दामोदर रिजालको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक निलकण्ठ सुवेदी र कार्यक्रम संयोजक कार्कीले मन्तव्य राख्दै दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको सहजताको लागि सबै क्षेत्रबाट सहयोगको आबश्यकता रहेकोमा जोड दिनुभएको थियो ।