राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन हुने

  • २३ श्रावण २०७६, बिहीबार
  • 3770 पटक पढिएको

तिलु शर्मा पौडेल

दोहा कतार । नोभेम्बर १०, २०१७ का दिनमा मध्यपूर्वको देश कतारमा स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको दोस्रो अधिबेसन हुने भएको छ । आगामी १६ तारिक लाली गुराँस रेस्टुरेन्टको सभाहलमा समपन्न हुन् लागिरहेको अधिवेशनको तयारीलाई तयारी तीव्र पारिएको छ । हामीले केही बाटो बिराएका हौला, केही कमी कमजोरी भएका होलान् तर आफूहरू नरोकिएको बताउँछन् का.वा.अध्यक्ष शक्ति क्षेत्री । आफूहरूलाई पहिले जस्तै माया साथ र सहयोग मिल्नेमा क्षेत्री विश्वस्त देखिन्छन् । क्षेत्रीले अधिबेशनलाइ भव्य तथा सभ्य रूपमा सफल बनाउन कतारवासी नेपालीहरूलाई आग्रह गरे ।

आगामी मङ्सिरको ६,७ र ८ गते नेपालको सुन्दर नगरी पोखरामा सातौँ केन्द्रीय महाधिवेशन हुँदै छ भने जिल्ला तथा विदेश स्थिति शाखाहरूले श्रावण मसान्त भित्र अधिवेशन सम्पन्न गरी साधारण सदस्य विवरण र कार्य समिति विवरण पठाई सक्नु पर्ने बाध्यात्मक अवस्था रहेको मानार्थ सदस्य तथा प्रतिष्ठान कतार शाखाका सल्लाहकार ईश्वर काफ्ले ले बताए ।

बहुजाति, बहुभाषी तथा विविध संस्कृतिको धनी मूलक नेपालको राष्ट्रिय पहिचानलाई झल्काउने लोक संस्कृतिको धरोहरको रूपमा रहेको “लोक तथा दोहोरी गीत” लाई व्यवस्थित एवम् मर्यादित गराउँदै नेपाली समाजको कुना कन्दरामा रहेको लोक परम्पराको मौलिकपनलाई जोगाउन तथा दुख, पिडा, हर्ष तथा आशुको अभिव्यक्तिको सशक्त माध्यम बनेको “लोक तथा दोहोरी गीत”को मर्म लाइ जीवित राख्न लोकदोहोरीसँग आबद्ध सम्पूर्ण कलाकार तथा शुभेच्छुकहरूको एकजुटतामा २०५८ सालमा सामाजिक संस्थाको रूपमा स्थापित प्रतिष्ठान प्रवासमा रहेर नेपाली लोक संस्कृति र सङ्गीतको उत्थान तथा जगेर्ना गर्नुपर्छ भन्ने मुख्य लक्ष्यका लिएर कतारमा स्थापना भएको हो ।