विधुतिय हाजिरी प्रभावकारी भएन्

  • २३ श्रावण २०७६, बिहीबार
  • धिरन खत्री
  • 1892 पटक पढिएको

म्याग्दी, २३ साउन । जिल्लास्थित सरकारी कार्यालय तथा स्थानीय तहमा राखिएको विद्युतिय हाजिर प्रभावकारी भएको छैन् । निगरानीको अभावमा सरकारी कार्यालय ६ ओटा पालिकामा राज्यको सेवाप्रवाहलाइ जनतामाझँ प्रभावकारी बनाउन कर्मचारीलाई विद्युतिय हाजिर राखिएपनि कार्यान्वयन प्रभावकारी छैन् ।


संघ, प्रदेश र स्थानीय तहले कार्यालयमा समयमै कर्मचारी आउने ब्यवस्थाका लागि लाखौ रुपैया खर्च गरेर विद्युतिय हाजिर राखेका छन् । कर्मचारी कार्यालयमा १० बजे आउने हाजिर गर्ने कार्यालयको काम बेवास्ता गर्दै आफ्नो काममा बाहिर निस्कने र ४ बजे आउने हाजिर गर्ने चलन बढेको छ । सांसद, गाउँपालिका अध्यक्ष तथा विभिन्न कार्यालयका प्रमुख उपस्थित भएको कार्यक्तममा सरुवा भएर जानु भएका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा विद्युतिय हाजिर राखिएको कार्यालयमा हाजिर गर्ने जनताको काम छोडेर कर्मचारी आफ्नो काममा निस्कने चलन बढेको बताए । भने विद्युतिय हाजिर नभएको कार्यालयमा पनि समस्या उस्तै रहेको जानकारी दिए ।

राज्यको सेवालाई जनतामाझँ प्रभावकारी बनाउन सरकारले खर्च गरेर विभिन्न क्षेत्रमा राखिएको हाजिरको प्रयोगमात्र भएको छकी सेवाप्रवाहपनि प्रभावकारी भएको छ वा छैन् निगरानी बढाउन जनप्रतिनिधि तथा कार्यालयका प्रमुखलाई प्रजिअ अधिकारीले आग्रह गरेका थिए । हाजिरमात्र होइन सेवाप्रवाह र योजना कार्यान्वयनमा कर्मचारीको गतिविधिको अभिलेख हेर्न आग्रह गरेका थिए ।
स्थानीय तहले पालिकाभित्र भएका विभिन्न विषयगत शाखा कार्यालय, वडा कार्यालय र विद्यालयमा लाखौ रुपैया खर्च गरेर विद्युतिय हाजिर राखेको छ । तर धेरै ठाउँमा प्रयोगविहिन भएको छ । भने जनप्रतिनिधिहरु प्रयोग भएको छ वा छैन् बेखवर भएका छन् ।

कर्मचारीलाई कार्यालयमा समयमै आउने हाजिर गर्ने र कार्यालयको सेवाप्रवाहलाई ढिलासुस्ती हटाउन संघ, प्रदेश र स्थानीय तहले विद्युतिय हाजिर राखेको छ । तर कार्यालय पुग्दा कार्यालय प्रमुखसहित अन्य सहयोगी कर्मचारी समेत कार्यालयमा भेटिदैनन् । राज्यको सेवासुविधा लिएर संघियता कार्यान्वयन, सुशासनको विकास, सेवाप्रवाहलाई छिटोछरितो बनाउने कर्मचारी कार्यालयको काम छोडेर ब्यक्तिगत ब्यवसायमा बढी हिड्ने चलन बढेको छ । सिहदरवारको अधिकार गाउँगाउँमा भन्ने मूल नारा जनताले कसरी अनुभूति गर्ने ।

हिउदँभरि कार्यालयले संचालन गरेको योजना कार्यान्वयन तर्फ ध्यान नदिने आर्थिक बर्षको अन्त्य असार लाग्यो भने योजना कार्यान्वयनको लागि तथा विल मिलान गरि भुक्तानी दिनका लागि समयसिमा भन्दा पनि रातभरि काम गर्ने चलन कर्मचारीको रहेको छ ।

सदरमुकामस्थित रहेका जिसस, बेनी नगरपालिका, प्रशासन, अदालत, हुलाक, बेनी अस्पताल पुर्वाधार विकास कार्यालयमा विद्युतिय हाजिर जोडिएपनि कर्मचारी अधिकांश समय कार्यालयमा भेटिदैन्न । निगरानी तथा अनुगमन गर्ने जनप्रतिनिधि तथा कार्यालय प्रमुख विभिन्न कार्यक्रममा ब्यस्त हुन्छन् । कार्यालयमा नआउने कर्मचारीलाई उजुरी परेपनि कारबाही नगरिकन राजनीतिक संरक्षण गर्ने प्रवृति बढेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l