भकिम्लीमा भएको जिप दुर्घटनामा बाह् घाइते

  • २२ श्रावण २०७६, बुधबार
  • 2322 पटक पढिएको

बेनी, २२ साउन । बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडामा बुधबार दिउँसो जिप दुर्घटना हुँदा बाह् जना घाइते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न. को जिप सडकबाट खसेर दुर्घटना भएको हो ।

प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको टोली र स्थानीयबासीहरुले घटनास्थलबाट घाइतेलाई उद्दार गरेर बेनी ल्याउन लागेको जानकारी दिए ।

घटनास्थल पुगेका ट्राफ्रिक प्रहरी बैकुण्ठ पौडेलले तीन जना गम्भिर घाइतेलाई बेनी पठाइसकेको बताए । बाँकी घाइतेलाई पनि बेनी ल्याउने तयारी भएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उकालो र साँघुरो बाटोमा जिप ब्याक हुँदा सडकबाट खसेको चालकले प्रहरीलाई बयान दिएका छन् ।