छोरीको जन्मदिनमा अन्न क्षेत्रलाई सहयोग

  • २२ श्रावण २०७६, बुधबार
  • 2360 पटक पढिएको

बेनी २२ साउन । बेनीको संगमचोकका ब्यवसायी विपिन श्रेष्ठले छोरी आहाना श्रेष्ठको जन्मदिनको अवसरमा मंगलबार गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई सहयोग गर्नुभएको छ ।

संगमचोक स्थित सुविन भाडा पसलका सञ्चालक श्रेष्ठले गलेश्वर जेष्ठ नागरिक आश्रममा बस्दै आएका जेष्ठ नागरिक र मुक्तिनाथ जाने आउने भक्तजनलाई भोजनको व्यवस्था गर्दै आएको अन्न क्षेत्रलाई सहयोग गर्नुभएको हो ।

बुवा, आमा, श्रीमती र छोरी सहित गलेश्वर पुग्नुभएका श्रेष्ठले अन्न क्षेत्रलाई २१ हजार रुपैयाँ उपलब्ध गराउनुभएको थियो । तडकभडक र फजुल खर्च नगरी अशाहय, अशक्तहरुको लागि सहयोग गरिएको श्रेष्ठले बताउनुभयो ।