गलेश्वरधाममा भक्तजनको भिड

  • २० श्रावण २०७६, सोमबार
  • 2352 पटक पढिएको

म्याग्दी, २० साउन । साउने सोमबार भगवान शिवको पुजा गर्न प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरमा भक्तजनको भिड लागेको छ । मन्दिरमा महादेवको दर्शन गर्न भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा भक्तजनको घुईचो लागेको हो ।


गलेश्वरधाममा भगवान शिवको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । गलेश्वरधाममा शिवरात्रीलाई लक्षित गरेर १०८ शिवलिङ्ग भएको ठाउँमा भगवान शिवको नृत्य अवतारको मुत्र्तिले हजारौ भक्तजनहरु आकर्षित छन् । गलेश्वरधाममा शिवको दर्शन गर्न म्याग्दी, पर्वत बागलुङ लगायतका भक्तजनको उपस्थित रहेको छ ।


धार्मिक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ ।