भाषा र प्रविधि सम्वन्धि पत्रकारलाई तालिम
- ४ श्रावण २०७६, शनिबार
- 1983 पटक पढिएको
म्याग्दी, ४ साउन । क्रियाशिल पत्रकारहरुलाई भाषा र प्रविधि सम्वन्धी दुईदिने तालिम बेनीमा संचालन गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा पत्रकारको क्षमता विकासका लागि तालिम संचालन गरिएको हो ।
साउन ४ र ५ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा भएको तालिममा शनिबार अन्नपुर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारीले पत्रकारितामा भाषा शुद्धता सम्वन्धी प्रशिक्षण गरेका थिए । त्यस्तै आईतबार मिडिया प्रविधि सम्वन्धी रजनीश भण्डारीले प्रशिक्षण दिने भएका छन् ।
तालिमको उद्घाटनसत्रमा म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादर केसीले उद्घाटन गरेका थिए । केसीले तालिममा सिकेको सिपलाई जिल्लाको विकास तथा शुसासनलाई प्रभावकारी बनाउनमा प्रयोग गर्न आग्रह गरेका थिए । जिल्लामा संघ, प्रदेश र स्थानीय तहले संचालन ठुला योजना तथा पालिकाको प्रशासनीक कामको गतिविधिलाई जनताको पक्षमा बनाउने किसिमले कलम चलाउन आग्रह गरेका थिए ।
त्यस्तै म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले श्रमजीवी पत्रकार संकटमा परेको बताउदै पत्रकार र मिडियालाई जोगाउन विशेष ध्यान सरकारले दिनुपर्ने बताए । त्यस्तै जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले दिगो विकास योजना संचालनमा स्थानीय तहले ध्यान नदिएको बताउदै गुरुयोजनासहित गौरवका योजनामा बजेट विनियोजन गर्न सुझाव दिएका थिए । प्रभावकारीताका लागि सबैले अनुगमनसंगै समन्वय गर्नुपर्ने बताए ।
त्यस्ते म्याग्दी शाखाका अध्यक्ष शर्माले पत्रकार लेख्न र जिल्ला समन्वय समिति र प्रशासन बोल्न तयार भयो भने स्थानीयत तहमा योजनामा प्रभावकारी कार्यान्वयमा सहयोग पुग्ने ध्यानाकर्षण गराए । उनले विकास निर्माण योजनाहरु बनाउने, भत्काउने र कमिशन खाने योजनासहित अघि संचालन भईरहेको बताए ।
कार्यक्तममा उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागत मन्तव्य, सचिव गोरखनाथ सुवेदीको संचालनमा उद्घाटन कार्यक्तम सम्पन्न भएको थियो ।