कलेजोमा घाउ भएकी ७ बर्षिय किन्जलको उपचारमा १४ हजार आर्थिक सहयोग प्राप्त
- १८ असार २०७६, बुधबार
- 2902 पटक पढिएको
म्याग्दी, १८ असार । कलेजोमा घाउँ भएकी म्याग्दीको रघूगंगा गाउँपालिका – ३ राखु मालिकाकी ७ बर्षिय किन्जल परियारको उपचारमा आर्थिक सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा कतार रहेका विनोद रत्नले कार्यरत बहराईन बदर कम्पनीमा रहेका नेपालीहरुबाट संकलन गरिएको रकम किन्जलको उपचारका लागि हस्तान्तरण गरिएको हो ।
कलेजोमा घाउँसंगै वरिपरि पानी फोका देखिएपछि काठमाण्डौको टिचिङ अस्पतालमा फागुनदेखि उपचार गराईरहेकी परियारलाई थप उपचारका लागि आर्थिक समस्या परेपछि स्वदेश तथा विदेशमा सहयोग संकलन अभियान थालिएको थियो ।
कतारमा रहेर विनोद रत्नको सँयोजनामा संकलन गरिएको रकम स्थानीय समाजसेवीहरुको उपस्थितमा किन्जलको परियारलाई उनले हस्तान्तरण गरेका थिए ।
कलेजोमा घाउँको समस्या देखिएपछि पोखरा र काठमाण्डौको अस्पतालमा उपचार गर्दा २ लाख खर्च भईसकेको छ । दोस्रो अप्ररेशनका लागि आर्थिक समस्या परेको छ, उनले नियमित औषधी खाईरहेकी छन् । नियमित खाने औषधी किन्न पनि समस्या सिर्जना भएको आमा मसिनि परियारले जानकारी दिईन ।
कलेजामा घाउँ भएकी किन्जलले विभिन्न क्षेत्रका समाजसेवी ब्यक्ति, आमासमुह, क्लव सरकारी तथा गैरसरकारी संघसंस्था, गाउँपालिका र स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपचारको लागि आर्थिक सहयोग गरिदिन अपिल गरिरहेकी छन् ।