म्याग्दी नदीले बगाउदाँ दुई बालक बेपत्ता
- १८ असार २०७६, बुधबार
- 2073 पटक पढिएको
म्याग्दी, १८ असार । म्याग्दी नदीले बगाउदा बेनी नगरपालिका वडा नम्वर ३ भकिम्ली दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मंगलबार बेलुका म्याग्दी नदीको किनारमा बालुवामा भाडाकुँटी खेल्नेक्रममा एक्कासी म्याग्दी खोलाले बगाउदाँ दुई बालक बेपत्ता भएका हुन् ।
बेनी नगरपालिका ३ भकिम्ली हलेगौडाका ८ बर्षिय प्रदिप रोका र बागलुङ घर भएर हाल बेनपा ३ दुधेखोलामा डेरा गरि बस्ने डम्वर काउचाका छोरा ८ बर्षिय डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ ।
बेपत्ता भएका दुई बालकको जिल्ला प्रहरी कार्यालयले खोजी कार्य गरेपनि अहिल्यसम्म उनीहरु भेट्न नसकेको जानकारी दिएको छ ।