मुदीका सुविनको स्मृतिमा अक्षयकोष

  • ६ असार २०७६, शुक्रबार
  • 1973 पटक पढिएको

 

मुदी ६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीका स्वर्गीय सुविन पुनको स्मृतिमा चार लाख रुपैयाँ भन्दा बढीको अक्षयकोष स्थापना भएको छ । जेठ २३ गते मुना–मुदी सडक निर्माणको क्रममा खसेको पहिरोले पुरिएर ३१ वर्षीय पुनको मृत्यु भएको थियो ।

शुक्रबार मुदीमा आयोजित अक्षयकोष घोषणा कार्यक्रममा उपस्थितहरुबाट चार लाख १५ रुपैयाँ सहयोगको घोषणा भएको हो । मृतक पुनका छोरी र छोराको शिक्षाको लागि सहयोग जुटाएर कोष स्थापना गर्न अभियान सञ्चालन गरिएको जनाइएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सबहादुर घर्तीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यता, उपाध्यक्ष रेशम छन्त्यालको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक लोकबहादुर पुनले अभियानको बारेमा जानकारी गराउनुभएको थियो ।