गौचनद्धारा बालिकाको शैक्षिक अभिभावकत्व ग्रहण
- ६ असार २०७६, शुक्रबार
- 2062 पटक पढिएको
बेनी ६ असार । बेनीकी एक व्यवसायीले आफ्नो जन्मदिनको अवसर पारेर शुक्रबार एक बालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गर्नुभएको छ ।बेनीको क्याम्पसचोकमा रहेको यती होटलकी सञ्चालक बिमला गौचनले बेनी नगरपालिका २ बगरफाँटमा रहेको बुद्ध एकेडेमीको कक्षा ६ मा अध्ययनरत रीतिका जिसीको अभिभावकत्व ग्रहण गर्नुभएको हो ।
जिसिका बुवा बाबुको २०७५ असोजमा रुखबाट खसेर मृत्यु भएको थियो । जिसीकी दिदीलाई विद्यालयले निशूल्क पढाउदै आएको छ । विद्यालयमा शुक्रबार भएको कार्यक्रममा जिसीलाई कक्षा दश सम्म अध्ययनका लागि आवश्यक पर्ने सबै खर्च आफूले ब्यहोर्ने घोषणा गर्नुभएको थियो ।