मृगौला पीडित ठाकुर परियारलाई उपचारमा आर्थिक समस्या
- ५ असार २०७६, बिहीबार
- धिरन खत्री
- 3767 पटक पढिएको
म्याग्दी, ५ असार । विभिन्न क्षेत्रमा रोजगारी गरेर परिवारलाई सुखी दिलाउने युवा अवस्थामा मृगौलामा समस्या देखिएको छोराकोे उपचारखर्च जुटाउन आमाबुवालाई समस्या परेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीका मृगौला पीडित २६ बर्षिय ठाकुर परियारको उपचारखर्च जुटाउन समस्या परेको हो ।
विगत एक बर्षदेखि छोरामा मृगौलाको समस्या देखिएको बुवा सम्शेर परियार ( कटुवाले) जानकारी दिए । ठाकुरको उपचार अहिल्य लेखसिटि अस्पताल पोखरामा भईरहेको छ । आर्थिक समस्याले औषधीमात्र प्रयोग गरिएको छ । रकम अभावले छिटै उपचार गर्न नसकिएको मृगौला पीडितका दाजु मुक्ति परियारले जानकारी दिए ।
ठाकुरका बुवाआमा सामान्य कृषि खेती छ, परिवारखर्च ज्यालामजदुरी गरेर चलाउछन् । बुवाले कटुवाले पेशा गरेपनि सो जागिरले घरखर्च चलाउन ग्राहो छ । विगत एकबर्षदेखि औषधी उपचार गरिरहेको छु, अव उपचारमा घरको आर्थिक अवस्थाले नभ्याउने भएपछि सहयोगको लागि देश विदेशमा रहेका दाजुभाईबाट सहयोग खोजेको बुवा शम्सेर परियारले बताए ।
उपचारमा कति लाग्छ थाहा छैन् । सामान्य औषधी उपचारमा पनि आर्थिक समस्या परेको छ, सो उपचारका लागि गाउँपालिका, विभिन्न सरकारी र गैरसरकारी संस्था, आमासमुह र क्लवलाई मृगौला पीडित ठाकुरले अस्पतालबाट सहयोगको अपिल गरिरहेका छन् ।
ठाकुरको श्रीमतीसहित बच्चा छ, कमाउने रमाउने बेलामा छोराको उपचार खर्च जुटाउन परिवारलाई सकस परेको छ ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l