बालबिवाह न्युनीकरणका लागि रणनीति बनाउने तयारी

  • ४ असार २०७६, बुधबार
  • 1575 पटक पढिएको

 

बेनी ४ असार । म्याग्दीको धवलागिरी गाउँपालिकाले प्रमुख सामाजिक समस्याको रुपमा रहेको बालबिवाह न्युनीकरणका लागि रणनीति बनाउने तयारी गरेको छ । बालबिवाह न्युनीकरणका लागि उमेर सान्दर्भिक बिवाहसंग उपाध्यक्ष कार्यक्रम अन्तरगत रणनीति तयार गर्नका लागि पालिका भित्रका विद्यालयका प्रअहरुसंग बुधबार प्रारम्भिक छलफल गरिएको छ ।

गाउँपालिकाको आर्थिक सयोगमा संगम म्याग्दीको आयोजनामा शिवाङमा धवलागिरीमा रहेका २५ वटा सामुदायिक विद्यालयका प्रअहरुसंग छलफल गरिएको हो । बालबिवाहको अवस्था, कारण, समस्या र न्युनीकरणका उपायका सम्बन्धमा छलफल गरेर रणनीतिका लागि सुझाव संकलन गरिएको संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले जानकारी दिए ।

समुदाय, अन्य सरोकारवाला र जनप्रतिनिधिहरुसंग छलफल गरेर रणनीति तयार पारिने अध्यक्ष पौडेलले जानकारी दिए । कम उमेरवा बालबिवाह गर्दा शिक्षा, स्वास्थ्य, सामाजिक र आर्थिक क्षेत्रमा समस्या देखिएपछि त्यसलाई न्युनीकरणका लागि गाउँपालिकाले अभियान चलाएको उपाध्यक्ष रेशम छन्त्यालले बताए ।