विद्यालयमा सेनेटरी प्याडको व्यवस्था
- ४ असार २०७६, बुधबार
- 2556 पटक पढिएको
ताकम ४ असार ÷महिनावारी हुँदा छात्रा विद्यालय नआउने समस्या हटाउन धवलागिरी गाउँपालिकाले विद्यालयमै सेनेटरी प्याड उपलब्ध गराएको छ ।मुना, ताकम, मराङ र मल्कवाङ स्थित विद्यालयमा कक्षा ८ देखि माथि अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराएको हो । महिनावारीको समयमा छात्राहरु विद्यालय नआउने समस्या हटाउन सेनेटरी प्याड वितरण गरिएको अध्यक्ष थमसरा पुनले बताईन ।

महिनावारी हुँदा छात्राहरु विद्यालय अनुपस्थित हुने समस्याले उनिहरुको पढाईमा असर परेकाले त्यसलाई न्युनीकरणका लागि सेनेटरी प्याड उपलब्ध गराएको उनले जानकारी दिईन ।स्थानीय उद्यमीले तयार पारेका कपडाको सेनेटरी प्याड पुनप्रयोग गर्न मिल्ने र बजारमा पाइने भन्दा स्वस्थ्कर र सस्तो छ ।
