क्लबको सक्रियतामा सडक मर्मत (फोटो कथा)

  • ४ असार २०७६, बुधबार
  • 2891 पटक पढिएको

राजकुमार पाण्डे
बावियाचौर ४ असार । म्याग्दीको मंगला गाउँपालिका– २ सहश्रधारामा रहेको मालिका युवा क्लबले सडक मर्मत गरेको छ । बर्षा सुरु भएसंगै सडक विग्रिएर जिर्ण हुन थालेपछि क्लबले लामपाटा र खहरे क्षेत्रमा सडक मर्मत गरेका हुन् ।


बेनी –दरबाङ सडक खण्ड अन्र्तगत उक्त क्षेत्रमा सडक मर्मत गरेसंगै सवारी आगमन सहज भएको छ । क्लबका अध्यक्ष मुक्तमान केसी र बरिष्ट सल्लाहकार श्रीराम पौडेलको नेतृत्वमा बुधवार क्लबका पदाधिकारी र सदस्यहरुले सडकको मर्मत गरेका थिए । १ दर्जन बढी युवाहरुले घण्टौँ समय श्रमदान गरि सडक मर्मत गरेपछि यस क्षेत्रमा सवारी आगमनलाई सहज भएको छ ।