४२ परिवारको निशूल्क स्वास्थ्य बिमा

  • ४ असार २०७६, बुधबार
  • 1501 पटक पढिएको

 

दरवाङ ४ असार । मालिका गाउँपालिका–६ दरवाङका ४२ परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ ।वडाको प्रस्तावमा गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट विपन्न परिवारको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । प्रति परिवार तीन हजार पाँच सय रुपैयाँका दरले शूल्क तिरेर मंगलबार स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिए ।

उनिहरुले एक वर्ष सम्म सूचिकृत स्वास्थ्य संस्थाबाट एक लाख रुपैयाँ सम्मको औषधी उपचार सेवा प्राप्त गर्नेछन् । विपन्न समुदायको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउन बिमा गरिएको हो । म्याग्दीमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र बेनी अस्पताल स्वास्थ्य बिमा गरेका नागरिकको उपचारका लागि प्रारम्भिक स्वास्थ्य संस्था तोकिएको छ ।