बुबा आमाको स्मृतिमा विद्यालयलाई सहयोग

  • ४ असार २०७६, बुधबार
  • 2123 पटक पढिएको

बेनी, ४ असार । एक परिवारले स्वर्गीय आमा बुवाको स्मृतिमा विद्यालयलाई शैक्षिक सामाग्री र नगद सहयोग गरेका छन् । बेनी नगरपालिका ९ स्थायी घर भई हाल बेनीबजारमा बसोबास गर्नुहुने चिरन्जीवि शर्मा,पुष्कर शर्मा, दामोदर शर्मा र छोरी जमुना र ज्वाई मोहन सुवेदीले स्वर्गीय आमा सावित्री देवी शर्मा आचार्यको वार्षीक पु्ण्य तिथि र बुवा ज्ञामु शर्मा आचार्यको स्मृतिमा बेनपा ९ स्थित तोरीपानीमा रहेको गलेश्वर माविलाई शैक्षिक सामाग्री र नगद सहयोग गरेका हुन् ।


मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर शर्मा परिवारले विद्यालमा अध्ययनरत बालबालिकाको अतिरिक्त क्रियाकलापमा सहयोग पु¥याउन ३३ हजार तिनसय ३३ रुपियाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोमानसिंह बानियाँ र प्रधानाध्यापक रामप्रसाद सुवेदीलाई हस्तान्तरण गर्नुभएको हो । साथै उक्त अवसरमा विद्यालयलाई दश हजार रुपियाँ बरावरको शैक्षिक सामाग्री पनि सहयोग गरिएको परिवारले जनाएका छन् ।