सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा पुरस्कार तथा छात्रवृति वितरण

  • ४ असार २०७६, बुधबार
  • 1696 पटक पढिएको


म्याग्दी, ४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा शैक्षिक बर्ष २०७५ को पुरस्कार तथा छात्रवृति वितरण गरिएको छ।
मंगलबार आयोजना गरिएको कार्यक्रमका अवसरमा १ देखि ५ सम्म प्रथम दिप्तृय, तृतिय हुन विद्यार्थी, अनुशासित, सर्वोउतकृष्ट नम्वर, सरसफाई, विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।


विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष एककुमारी कटुवाल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ तोरण श्रेष्ठ, निर्वतमान अध्यक्ष रवि खत्री, निर्वतमान अध्यक्ष कृष्णबहादुर कटुवाल क्षेत्रीको उपस्थितमा पुरस्कार तथा छात्रवृति विरतण गरिएको थियो ।


शैक्षिकसत्र २०७५ मा ५ कक्षाबाट प्रथम हुने अप्सन कटुवाललाई क्षेत्रबहादुुर श्रेष्ठ पुरस्कारबापत नगद २ हजार ५०० सय रुपैयासहित प्रंशसापत्रले सम्मान गरिएको थियो ।
बालकक्षादेखि ४ सम्म प्रथम हुने विद्यार्थीहरुलाई पखटोल निवासी टेकेन्द्रबहादुर खत्रीले स्वार्गिय बुवाआमा दिर्गराज र हिराकुमारी खत्रीको नाममा राखिएको २५ हजार अक्षकोषबाट प्राप्त ब्याजबाट प्रति विद्यार्थी ५ सय रुपैया दरले सम्मान गरिएको थियो ।
शिक्षक एकेन्द्र केसीको संचालन, शिक्षिका कान्छीकुमारी केसीको स्वागतमा भएको कार्यक्तमा प्रअ श्रेष्ठ, निर्वतमान अध्यक्ष रवि खत्री, निर्वतमान प्रअ कृष्णबहादुर कटुवाल लगायतले विद्यालयको भौतिक पुर्वाधार विकाससंग्ै शैक्षिक गुणस्तर विकासमा अभिभावक, ब्यवस्थापन समिति र शिक्षकहरुको सहकार्य निरन्तरण रहनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै निर्वतमान प्रअ केसीले विद्यालयमा साउण्ड बक्स र माईक उपलब्ध गराएका छन् ।