सहजकर्तालाई क्षमता अभिवृद्धि तालिम

  • ३ असार २०७६, मंगलवार
  • 3515 पटक पढिएको

मुना ३ असार । धवलागिरी गाउँपालिकाको मुनामा बालविकास सहजकर्ताहरुका लागि दुइ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।गुड नेवर्स ईन्टरनेशनल, नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक परियोजना अन्तरगत संगम म्याग्दीको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको तालिममा २० वटा विद्यालयका २० जना सहजकर्ता शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

सामुदायिक विद्यालयमा बाल विकासलाई सुदृढ गर्न र बालमैत्री वातावरणमा शिक्षण गर्ने उद्देश्यले आयोजित तालिमको परियोजनाका शिक्षा विकास अधिकृत चन्द्रप्रकाश बुढामगरले गर्नुभएको थियो ।

बालबालिकालाई रटाएर होइन उनिहरुलाई बुझाएर, सम्झाएर चित्र, खेल, गित र क्रियाकलाप द्धारा सिकाउने बिधिको बारेमा सिकाइएको थियो । नयाँ बालगित, खेल, नृत्य साथसाथै बालविकासका साना साना नानिबाबुहरुकोलागि शैक्षिक सामाग्री पनि बनाउन सिकाउनु भएको थियो ।
संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल र सदस्य हिरा शर्माको उपस्थितीमा शुक्रबार सुरु भएको तालिमको शनिबार गाउँपालिकाका शिक्षा शाखाका संयोजक गिरिप्रसाद छन्त्यालको प्रमुख आतिथ्यतामा समापन गरिएको थियो ।