फौजदारी संहिताबारे अभिमुखीकरण

  • १ असार २०७६, आईतवार
  • 1009 पटक पढिएको

अनील पौडेल
बेनी १ असार । युवा सञ्चाल म्याग्दीका सदस्यहरुलाई शुक्रबार लैङ्गिक हिंसामा आधारित फौजदारी संहिताबारे अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्तरगत प्लान इन्टरनेशनलको सहयोगमा सिविन नेपालले आयोजना गरेको कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो ।


कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष डिपी शर्माले युवाहरु स्वरोजगार र कानुनी तथा नीतिगत व्यवस्थाका बारेमा सचेत बन्नुपर्ने बताउनुभयो । ३२ जनाको सहभागिता रहेको कार्यक्रममा मुक्ति ढुङ्गानाले मुलुकी अपराध संहिता र फौजदारी कसुरको बारेमा सहजिकरण गर्नुभएको थियो ।
युवा सञ्चाल म्याग्दीका सचिव तथा सिविनका सहजकर्ता छवी आचार्य र रञ्जना श्रेष्ठको सञ्चालनमा कार्यक्रममा सिविनका कार्यक्रम अधिकृत बसन्त ढुङ्गाना, संगम म्याग्दीका अध्यक्ष दिपक पौडेल र थमप्रसाद आचार्यले मन्तब्य व्यक्त गर्नुभएको थियो ।