बेनीमा लागुऔषध सहित ६ जना पक्राउ

  • १ असार २०७६, आईतवार
  • 7336 पटक पढिएको

म्याग्दी १ असार । म्याग्दीमा ६ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । शनिवार साँझ बेनीका विभिन्न ठाउँबाट लागुऔषध कारोबारमा सक्रिय समुहलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको जनाएको छ । ४ जना युवा र २ युवतिबाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

लागुऔषध सहित पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार, पक्राउ परेकाहरुले व्यवसायिक रुपमा लागुऔषध कारोबार गर्दै आएको खुलेको छ ।

रातको समयमा शंकास्पद रुपमा हिँडीरहेको अबस्थामा पक्राउ गरिएकाहरुबाट थप अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागुऔषध सहित पक्राउ पर्नेमा बेनपा–८ की रेजिना श्रेष्ठ, बिजय बानियाँ, रघुगंगा गाउँपालिका–१ का निखिल फगामी, मंगला गाउँपालिका –३ की सिता केसी, बेनपा–९ का राजकुमार शेरपुञ्जा, रघुगंगा गाउँपालिका– ६ का प्रविण छन्त्याल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।