कलेजोमा घाउ भएकी ७ बर्षिय किन्जल परियारको उपचारमा आर्थिक समस्या ( भिडियाेसहित )

  • १ असार २०७६, आईतवार
  • 4140 पटक पढिएको

म्याग्दी, ०१ असार । कलेजोमा घाउँ भएकी म्याग्दीको रघूगंगा गाउँपालिका – ३ राखु मालिकाकी ७ बर्षिय किन्जल परियारको उपचारमा आर्थिक समस्या भएको छ । कलेजोमा घाउँसंगै वरिपरि पानी फोका देखिएपछि काठमाण्डौको टिचिङ अस्पतालमा फागुनदेखि उपचार गराईरहेकी परियारलाई थप उपचारका लागि आर्थिक समस्या परेको हो ।


कलेजोमा घाउँको समस्या देखिएपछि पोखरा गण्डकी अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौमा रहेको त्रिवि शिक्षण ( टिचिङ ) अस्पतालमा चैतमा कलेजोको पहिलो अप्रशेन भएको थियो । यही असारमा दोस्रो अप्रेशनको लागि आर्थिक समस्याले उपचारमा बाधा भएको किन्जलको आमा मसिनी परियारले बताईन


पोखरा र काठमाण्डौको अस्पतालमा उपचार गर्दा २ लाख खर्च भईसकेको छ । दोस्रो अप्ररेशनका लागि आर्थिक समस्या परेको उनले बताईन । उनले नियमित औषधी खाईरहेकी छन् । नियमित खाने औषधी किन्न पनि समस्या सिर्जना भएको बताईन । बुवा किसान परियारले छोरीको उपचारमा कुनै चासो नदेखाएपछि आमा मसिनी परियारलाई छोरीको उपचारका लागि आर्थिक रकम जुटाउन समस्या भएको छ । सामान्य कृषि खेती र ज्याला मजदुरी गर्दै छोरीलाई स्कुल पठाएकी उनलाई उपचारमा लाग्ने ठुलो खर्च जुटाउन ग्राहो भएको छ ।

७ बर्षिय किन्जलले मालिका आधारभूत विद्यालयको कक्षा २ मा अध्ययन गरिरहेकी छन् । काखमा २ बर्षको छोरी रहेकी उनलाई श्रीमानले घरखर्च र उपचार खर्चमा विगत १ बर्षदेखि कुनै चासो देखाएका छैनन् । कलेजामा घाउँ भएकी किन्जलले विभिन्न क्षेत्रका समाजसेवी ब्यक्ति, आमासमुह, क्लव सरकारी तथा गैरसरकारी संघसंस्था, गाउँपालिका र स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदिबहिनीहरुलाई उपचारको लागि अपिल गरिरहेकी छन् ।

सम्पर्क नम्वर :  मसिनी परियारको सम्पर्क नम्वर ९८०५१०९८६१
किन्जलको उपचार संयोजक रसिला परियार ९८२१३७५४२६
बैंक अफ काठमाण्डौको खाता नम्वर १५४००००००१५४२४