संघद्धारा हितकोषबाट सहयोग

  • १ असार २०७६, आईतवार
  • 1508 पटक पढिएको

बेनी १ असार । म्याग्दी उद्योग वाणिज्य संघले दिवंगत साधारण सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संघले स्थापना गरेको हितकोषबाट व्यवसायी पार्थबहादुर जिसीका परिवारलाई पचहत्तर हजार रुपैयाँ सहयोग गरेको छ । जिसीको गत हप्ता ६१ वर्षको उमेरमा निधन भएको थियो । संघका अध्यक्ष उत्तम कर्माचार्यको नेतृत्वको टोलीले जिसीको घरमा पुगेर आफन्तलाई हितकोषको रकम उपलब्ध गराएको हो ।

विपद् प्रभावित र दिवंगत सदस्यका परिवारलाई सहयोग गर्न संघले हितकोष स्थापना गरेको महासचिव लीलाराम गौतमले बताउनुभयो । कोषबाट व्यवसाय सञ्चालक सदस्यको मृत्यु भएमा ७५ हजार, बुवा आमाको छोराछोरीको निधन भएमा २५ हजार र दैवि प्रकोप प्रभावितलाई पचास हजार रुपैयाँ सहयोग गर्ने संघले जनाएको छ ।