अर्थुङ्गे युवा क्लबद्धारा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले गरे रक्तदान

  • ३२ जेष्ठ २०७६, शनिबार
  • 3115 पटक पढिएको

म्याग्दी, ३२ जेठ । अन्तराष्ट्रिय रक्तदाना दिवसको अवसरमा बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको अर्थुङ्गे युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रगत दान गर्ने मध्ये २५ जनाले पहिलो पटक रगत दान गरेको क्लबका अध्यक्ष शिशिर शाहीले जानकारी दिनुभयो ।


नेपाल रेडक्रस सोसाईटी म्याग्दी र जामुनाखर्क माविको सहयोगमा आयोजना गरिएको रक्तदानमा स्थानीय युवायुवति र सर्वसाधारणले रक्तदान गरेका थिए ।

क्लबका अध्यक्ष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी म्याग्दीका सभापती लेखबहादुर हमालले रक्तदान जिवन दान भएको बताउँदै रक्तदानको अभियानलाई ग्रामीण भेगमा समेत पु¥याउन आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष कृष्णसिंह बानियाँ, रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसी लगायतले मन्तव्य राख्नुभएको थियो भने क्लबका सचिब सुबास विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।