जिसी र पुनको लोकदोहोरी गित ‘दुरी टाढा भो’ सार्वजनिक (भिडियो सहित)

  • १९ जेष्ठ २०७६, आईतवार
  • 3097 पटक पढिएको


म्याग्दी १९ जेठ । म्याग्देली गायक ध्रुव जिसी र गायिका कुमारी पुनको लोकदोहारी गित ‘दुरी टाढा भो’ बोलको गित म्युजिकि भिडियो सहित बजारमा आएको छ । कस्तुप पन्तको लय तथा शब्द संयोजनन रहेको गितमा संगित संयोजन बिनोद बाजुरालीले गरेका छन भने मिक्सीङ खड्क बाजुरालीको रहेको छ । गितको म्युजिक भिडियोमा लोमश शर्मा, अनु पराजुली र ध्रुव जिसीको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकनमा निर्माण भएको गितको म्युजिक भिडियोको विष्णु शर्माले सम्पादन गरेका थिए ।

प्रकाश भट्टले म्युजिक भिडियोको निर्देशन गर्न गित रेकर्ड मालश्री रेकर्डीङ्ग स्टुडियोमा गरीएको थियो भने दृष्य निर्माण साई भिजन प्रालिमा भएको छ ।भारतीय सेनाबाट सेवा निबृत्त भएपछि बेनीमा होटल व्यवसाय संगै गित संगितको क्षेत्रमा लागेका जिसीले दर्जनौँ गितहरुमा स्वर भर्नुको साथै अभिनय समेत गरिसकेका छन भने सुर्केमेला घर भएकी पुनले साँगेतिक क्षेत्रमा यसै एल्बमबाट डेब्यु गरेकी हुन् ।

सो गितलाई बेनीमा एक कार्यक्रम आयोजना गरि विमोचन गरिएको छ । नेपाल मगर संघ र नेपाल मगर विद्यार्थी संघद्धारा शनिवार बेनीमा आयोजना गरिएको कार्यक्रममा गितको म्युजिक भिडियो विमोचन गरिएको हो । मगर संघका अध्यक्ष डगमायाँ पाइजाको अध्यक्षतामा भएको कार्यक्रममा मगर संघ गण्डकी प्रदेश सचिव राजकुमार थापा, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा मगर, हेम भण्डारी, धनकुमारी थापा, एकराज चापागाई, लगायतले म्युजिक भिडियोको सफलताको शुभकामना दिएका थिए भने सञ्चालन मगर संघ म्याग्दीका सचिव खम थापाले कार्यक्रमको सञ्चालन गरेका थिए  ।