म्याग्दी जेसीजको २० औँ स्थापना दिवसमा अन्तरमावि लोकनृत्य प्रतियोगिता बेनीमा

  • १५ जेष्ठ २०७६, बुधबार
  • 2552 पटक पढिएको

म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजको २० औ स्थापना दिवसको अवसरमा जिल्लास्तरीय १६ औँ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिता आयोजना गरिएको छ । स्थापना दिवस अवसरमा आयोजना गरिएको लोकनृत्य प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् ।


१६ औ अन्तरमावि रनिङ्गकप लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापलाई थप सहयोग पु¥याउने बताए । सो कार्यक्तममा जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, नेपाल जेसिजका पुर्व अध्यक्ष धनज्यकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाण्ज्यि संघका अध्यक्ष उत्तम कर्मचार्यले शुभकामना मन्तव्य राखेका थिए ।


म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापाको अध्यक्षता महासचिव सन्दिप खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्तमको संचालन कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माको गरेका थिए ।
लोकनृत्यमा विजेता उपविजेतालाई नगदसहित मेडल र प्रमाणपत्र रहेको छ ।