चट्याङ लागेर राम्चेमा एक घर जल्यो

  • ९ जेष्ठ २०७६, बिहीबार
  • 1751 पटक पढिएको

बेनी ९ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेको काफलडाँडामा चट्याङ पर्दा एक घर जलेर नष्ट भएको छ । काफलडाँडाको उन्नेचौरमा बुधबार अपराहन्न परेको चट्याङ्ले स्थानीय दुधीमाया गर्बुजाको घर जलेर नष्ट भएको हो । चट्याङ परेलगत्तै भएको आगोलागीबाट खरले छाएको एक तले घरको सबै सामग्री जलेर नष्ट भएको स्थानीय शिक्षक छेमबहादुर गर्बुजाले बताउनुभयो ।

घरभित्र रहेको खाद्यान्न, नगद, लत्ताकपडा, भाडाकुँडा लगायत सबै जलेर नष्ट भएको छ । चट्याङ् लागेर गर्बुजा, उहाँकी छोरी र नातीनी घाइते भएका छन् । गर्बुजालाई रातीनै बेनी अस्पतालमा ल्याएर उपचार गरिएको छ । सामान्य घाइते छोरी र नातीनीलाई राम्चे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले गाउँमै पुगेर उपचार गरेका छन् । घाइतेको स्वास्थ्य सुधार भइरहेको र खतरामुक्त रहेको जनाइएको छ ।