स्वच्छ दूध उत्पादन तालिम

  • ८ जेष्ठ २०७६, बुधबार
  • 1541 पटक पढिएको

बेनी ८ जेठ । बेनीमा बुधबार तीन दिने विज्ञ केन्द्र स्तरीय स्वच्छ दूध उत्पादन तालिम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा २४ जना गाइभैसीपालक कृषकहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका सदस्य शेरबहादुर केसीले जिविकाको लागि मात्र नभएर व्यवसायिक भएर अघि बढ्न आग्रह गर्नुभयो ।

तालिममा सहभागि खमबहादुर थापा र मैना रिजालले दूधको बजारीकरण र उचित मूल्य नपाउने समस्या रहेको बताउनुभयो । केन्द्रका प्रमुख पशु चिकित्सक जिवनप्रसाद आचार्य, प्राबिधिक सुभाष रेग्मी र गणेश रिजालले तालिमको सहजिकरण गर्नुभएको थियो ।