दिवंगतको स्मृतिमा अन्नक्षेत्रलाई सहयोग

  • ८ जेष्ठ २०७६, बुधबार
  • 1680 पटक पढिएको

 

बेनी ८ जेठ । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रलाई एक परिवारले दिवंगत आफन्तको पुण्य स्मृतिमा खाद्यान्न र नगद सहयोग गरेका छन् ।धवलागिरी गाउँपालिका ७ ताकमकी स्वर्गीय खगेश्वरी आचार्यको पुण्य स्मृतीमा उहाँका श्रीमान दण्डपानी आचार्य र परिवारले गलेश्वर वृद्धाश्रमका जेष्ठ नागरिकहरुको भोजनका लागि सहयोग गर्नुभएको हो ।

चामल, तेल, नुन, चिनी, आटा, आलु, मसला लगायत छ हजार ८८० रुपैयाँ बराबरको खाद्यान्न र अक्षयकोषका लागि २१ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो ।आचार्यकी छोरी शान्ति पौडेलले अन्न क्षेत्रका कोषाध्यक्ष चिरञ्जिवी आचार्य, कार्यालय सचिव शिव सुवेदी, गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनलाई खाद्यान्न र नगद हस्तान्तरण गर्नुभएको थियो । अन्न क्षेत्रले गलेश्वर जेष्ठ नागरिक आश्रमका ६० भन्दा बढी जेष्ठ नागरिकलाई भोजनको व्यवस्था गर्दै आएको छ ।