मालिकामा बाल सञ्जालको अध्यक्षमा गौतम चयन

  • ७ जेष्ठ २०७६, मंगलवार
  • 1930 पटक पढिएको

साधन राम्जाली
म्याग्दी, ७ जेठ । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको । मंगलबार गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिका बाल सञ्जाल गठन गरिएको हो ।
उपाध्यमा मिता पुर्जा ,सचिवमा विनय सेती ,सहसचिवमा सफल सेञ्चुरी,कोषध्यक्षमा सवि भट्टचन र सदस्यहरुमा रविना घर्र्ति ,मनिसा जुग्जाली ,देवि पटेल,मुकेन घर्ति, टोरण पुन ,दिवाना पुन ,माइकल पुन , निशा सुनार,वेजेन्द्र रोका र करिश्मा पुन सहितको मालिका गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको हो ।


अध्यक्षमा निर्वाचित गौतमले गाउँपालिका भित्र रहेका बालबालिकाको हक , हित र अधिकारका लागि सबै सरोकारवालासंग समन्वय तथा सहकार्य गरि अगाडी बढ्ने् बताउनुभयो ।साथै उहाँले गाउँपालिकालाई १८ बुदे घोषणा पत्र बुझाउँदै गाउँपालिका भित्रमा बाल श्रम, आपतकालिन बाल उद्धार गृह ,बालविवाह,विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउनमा बातावरण बनाउन माग गर्नुभएको छ । अध्यक्ष गौतमले वडा स्तरिय बाल सञ्जाल गठनलाई तिब्रता दिईने जानकारी दिनुभयो ।

 


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष खर मायाँ विटालुले गाउँपालिकाले बालबालिबालिकाको हक, हित र अधिकारका लागि काम गर्ने बताउनुभयो । उहाँले सबै बालबालिकालाई शिक्षाको पहुचमा ल्याउन विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिनुभयो । साथै गाउँपालिकाले भौतिक पुर्वाधार निर्माण गर्दा बाल मैत्रिमा जोड दिएको उहाँको भनाई छ । उपाध्यक्ष विटालुले बालबालिका भविश्यको कर्णधार भएकाले अभिभावकहरुले घरेलु काममा भन्दा उनिहरुको शिक्षामा जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय बाल अधिकार श्रोत व्यक्ती मिठु आचार्य र महिला विकास अधिकृत ढुङगनाले बाल अधिकार सम्न्धी प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थी यमुना पुन जनप्रिय माविका प्रअ दिवाकर सुवेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा इलाका प्रहर िकार्यलय दरबाङका प्रनानि बलराम पौडेल,गाउँपालिका शिक्षा संयोजक तेजप्रसाद लामिछानेको उपस्थिती रहेको थियो । कार्यक्रममा १५ विद्यालयले सहभागिता जनाएको शिक्षा संयोजक लामिछानेले जानकारी दिनुभयो ,