अर्जमका मगर समुदायको भुमेपुजा (फोटो कथा)

  • ७ जेष्ठ २०७६, मंगलवार
  • 2537 पटक पढिएको

म्याग्दी, ७ जेठ । म्याग्दीको बेनी नगरपालिका १ अर्जममा रहेका मगर समुदायले भुमे पुजा गर्न सुरु गरेका छन् । मंगलवार विविध परम्परागत विधि अनुसार भुमे पुजा गरिएको छ । सोमबार घरघरमा पितृकार्य गरेपछि मंगलवार भुमेबराह थानमा भुमे पुजा गरिएको बेनपा–१ का वडा सदस्य ताराप्रसाद थापा मगरले जानकारी दिए । 

उनका अनुसार, भुमेबराह थानमा आफ्नो भाकल पुरा गराउन बोकाको बलि दिने चलन रहेको छ । यस पटक २५ जनाले आफ्नो भाकलको बोका चढाएका छन् ।  भुमे पुजाकै शिलसिलामा बुधवार बागलुङको मालिकाको ओखलेखोलामा सुंगुरले पुजा गरिने र विहिवार अर्जमको दण्डुकेडाडामा सँुगुर पाठी र भालले पुजा गरेपछि भुमेपुजा औपचारिक रुपमा समापन हुने मान्यता रहेको छ ।