बाबियाचौरमा नेकपा वडा कमिटिको पूर्ण बैठक

  • ५ जेष्ठ २०७६, आईतवार
  • 1548 पटक पढिएको

 

बाबियाचौर ४ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगला गाउँपालिका २ न. वडा संगठन कमिटिका पदाधीकारी तथा सदस्यहरुले शनिबार सपथ लिएका छन् । बाबियाचौरमा भएको वडा कमिटिको पूर्ण बैठकमा नेकपाको पालिका कमिटिका अध्यक्ष प्रेमप्रसाद रेग्मीले सपथ ग्रहण गराएका थिए ।

वडा कमिटि अध्यक्ष कुलबहादुर पुनको अध्यक्षता, वडा सचिव चक्रलाल पाण्डे (राजु)को सञ्चालन र तुल्सी अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा अध्यक्ष रेग्मी, गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पालिका कमिटिका सचिव याम रोका, बाबियाचौरका वडा अध्यक्ष धनबहादुर खाती लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

नेकपा मंगला गाउँपालिका कमिटिले आइतबार वडा न. ३ र ४ को बरंजामा, जेठ १० गते वडा न. १ कुहुँमा र जेठ ११ गते अर्मनमा वडा कमिटिको सपथग्रहण तथा पूर्ण बैठक गर्ने निर्णय गरेको छ ।