बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती
- ३० बैशाख २०७६, सोमबार
- धिरन खत्री
- 1665 पटक पढिएको
धिरन खत्री/
म्याग्दी, ३० बैशाख । म्याग्दी जिल्लालाई लक्षित गरेर सदरमुकाम बेनीमा सुविधा सम्पन्न ५० सैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती देखिएको छ । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित २०७३ साल पुष २१ गते निर्माण कार्यको सम्झौता भएको थियो ।
निर्माण कार्य सुरु भएको २ बर्ष वितिसक्दापनि ४० प्रतिशत पनि काम सम्पन्न भएको छैन् । भवनको निर्माण कार्यमा ढिलासुस्तीले अन्डर ग्राउण्डको तलापनि सम्पन्न भएको छैन् । ५० सैया क्षमताको सुविधा सम्पन्न अस्पतालको भवन लक्षित समयमै निर्माण गरि सो सुविाधा जिल्लाबासीलाई समयमा दिनका लागि भवन निर्माणको ठेक्का लिएको श्री महादेव खिम्ती, गलुवा र रफिना कन्स्ट्रसन कम्पनीले काम समयमा मेट्ने भन्दा पनि दादागिरि शैलिमा ढिलासुस्ती देखाएका छन् ।
बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले ठेक्का दिएको दुइ बर्ष वितिसक्यो, ८ महिना बाकी छ, सरकारले बजेट निकासा ढिला गरेको छैन् समय थप भएको छैन, निर्माण कार्य ढिलाले सेवासुविधा जनतालाई सहज रुपमा स्वच्छ वातावरण दिन नसकेको बताए । उनले भवन निमार्ण ढिलासुस्तीले अस्पतालको गुरुयोजना अनुसारको काममा पनि प्रभाव पारेको जानकारी दिए ।
नेपाल सरकार सहकारी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङले २४ करोड ४ लाख २२ हजार १५५ रुपैयामा जेभिलाई २०७३ पुष महिनाको २१ गते भवन निर्माण कार्यको ठेग्गा दिएको थियो । तर निर्माणमा ढिलासुस्ती गरेको जेभिले अरु कम्पनीसंग मिलेर निर्माण कायर्मा संगलन देखिन्छ । जिल्लाको सरोकारवालाहरुले यसलाई समयमा सम्पन्न गराउन ध्यानदिन आवश्यक देखिन्छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l