लामपाटामा बसको ब्रेकफेल भएपछि सडकमै पल्टीयो बस

  • २४ बैशाख २०७६, मंगलवार
  • 2255 पटक पढिएको

म्याग्दी २४ वैशाख । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर नजीकै रहेको लामपाटामा बस दुर्घटनामा परेको छ । सोमबार साँझ बेनीदेखि दरबाङ जाँदै गरेको ग १ख ५१०३ नम्बरको बस लाम्पाटा पहिरो नजीकैको घुम्टीमा ब्रेक फेल भएर सडकमै पल्टीएको हो ।

दुर्घटनामा परि बसमा सवार ७ जना सामान्य घाइते भएका छन् । घाईते मध्ये चालक सहित २ जनालाई उपचारको लागि अर्मत स्वास्थ्य चौकीमा पु¥याईएको छ ।   उनीहरु समेत खतरामुक्त रहेको बताइएको छ ।   ब्रेक फेल भएको थाहा पाएपछि चालकले बसलाई भित्तातर्फ पु¥याएकाले ठुलो मानविय क्षती हुनबाट जोगिएको स्थानीय सञ्चारकर्मी सिजन रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार, बस सडकमै पल्टीएपछि सडकखण्ड पूर्ण रुपमा अबरुद्ध बनेको छ ।
तस्बिरः जगत बानियाँ